|

काठमाडौं :  प्रधानमन्त्री पुष्पकमल दाहालले जोखिम उठाएर संविधान संसोधन विधेयक दर्ता गरेको बताएका छन्।  

उनले संविधानका आवश्यक विषयलाई संसोधन मार्फत सुल्झाएर लैजाने बताए। सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको कर्णाली एक्सपो अन्तराष्ट्रिय व्यापार मेला- २०७३ को उद्धघाटन गर्दै प्रधानमन्त्रीले कुनै पनि हालतमा संविधान संसोधन विधेयक फिर्ता नहुने बताएका छन्।

उनले सुशासन, पुनर्निर्माण र विकास निर्माणका काममा जनताको सहकार्य र सहयोग आवश्यक पर्ने बताए। प्रतिपक्षी एमालेले सडकमा गरेको आन्दोलन सही नभएको बताए।

'हिजो आफैँले कालो टाला समाउनु गलत रहेको भन्‍ने केपी ओलीले आफै सडकमा कालो टालो देखाउँदै हिड्नु लज्जासपद छ,' प्रधानमन्त्रीले भने।

उनले स्थानीय निकायको चुनावको मिति अबको केही दिनमै घोषणा गर्ने बताए।

सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको कर्णाली एक्सपो अन्तर्राष्ट्रिय व्यापार मेला २०७३ पुस ३ गतेसम्म वीरेन्द्रनगरमा सञ्चालन हुने छ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.