|

दाङ : राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर–सल्यान खण्डमा दैनिक ९ घण्टा सडक अबरुद्ध हुने भएको छ।

२३ जना विद्यार्थीको मृत्य हुने गरि भएको तुलसीपुर ३ को राम्री ‘मोड’ हटाउनका लागि शनिबारदेखि बैशाख २५ गतेसम्म दैनिक ९ घण्टा सडक अबरुद्ध गर्ने सहमति भएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख चन्द्र केसीले बताए। उनका अनुसार बिहान ११ बजेदेखि ४ बजेसम्म र राति १ बजेदेखि बिहान ५ बजेसम्म सडक अबरुद्ध गरेर काम गर्ने सहमति भएको हो।

सडक निर्माण गर्ने स्थलमा सडक साँघुरो हुँदा मर्मत कार्य प्रभाबकारी नभएको भन्दै सडक अबरुद्ध गरेर काम शुरु गर्न लागिएको हो। अब दैनिक १५ घण्टा राम्री मोड हटाउने कार्य हुनेछ। त्यस स्थानमा सडककै कारण पटक-पटक गरी चारवटा सवारी दुर्घटना भएको छानबिन समितिले निष्कर्ष निकालेपछि सडक निर्माण कार्य अघि बढाईएको हो।

सडक डिभिजन कार्यालय दाङले मोड फाल्नका लागि उज्ज्वल निर्माणसेवा संग सम्झौता गरेको छ। भ्याटसहित ५६ लाख लागतमा चालु आर्थिक वर्षको असारभित्र सक्ने गरि निर्माण कार्य शुरु भएको सडक डिभिजन कार्यालय दाङका इञ्जिनियर लिलाबहादुर भण्डारीले बताए। उनका अनुसार चैत २९ गतेदेखि काम शुरु भएको र असार २५ गतेभित्र सक्ने गरि सम्झौता भएको हो। त्यहाँको मोड काट्नुका साथै खाल्डाखुल्डी पुर्ने, पर्खाललगाउने, सम्झौता भएको हो।

यता निर्माण कम्पनीका दीपक न्यौपानेका अनुसार दैनिक १५ घण्टा काम हुने भन्दै यही गतिमा अघि बढे १० दिनमै काम पूरा हुने बताए। 'मेसिनले साथ दियो भने हामीले हप्ता, दश दिनमा काम पूरा गर्छौ’ उनले भने ‘त्यसका लागि हामीले कामलाई तीव्रता दिएका छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.