|

दाङ : आठौँ राष्ट्रिय खेलकुदअन्तर्गत दाङको घोराहीमा भएको व्याडमिन्टन प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लव च्याम्पियन भएको छ।

एपिएफले ४ स्वर्ण ३ रजतसहित प्रतियोगिताको च्याम्पिनय बनेको हो। त्यसैगरी त्रिभुवन आर्मी क्लव ३ स्वर्ण ४ रजत र ६ कास्य सहित दोस्रो बनेको छ। प्रतियोगितामा प्रदेश १ ले ४ कास्यसहित तेस्रो, सुदुरपश्चिम प्रदेश ३ कास्यसहित चौथो र नेपाल पुलिस क्लव १ कास्यसहित पाँचौ भएको छ। प्रतियोगितामा पुरुषतर्फ आर्मी प्रथम, सशस्त्र प्रहरी दोस्रो, नेपाल पुलिस र सुदूरपश्चिम प्रदेश तेस्रो भएका छन्। महिलातर्फ सशस्त्र प्रहरी प्रथम, आर्मी दोस्रो, सुदूरपश्चिम र प्रदेश १ तेस्रो भएका छन्।

पुरुष एकल तर्फ सशस्त्रका दिपेश धामी प्रथम, आर्मीका रन्जित तामाङ दोस्रो, सुदूरपश्चिमका प्रिन्स दाहाल र प्रदेश १ का विकास श्रेष्ठ तेस्रो भए। महिला एकलतर्फ आर्मीका रसिला महर्जन प्रथम, आर्मीकै नङसल तामाङ दोस्रो, प्रदेश १ का सीता राई र आर्कीमा अनुमाया राई तेस्रो भए। त्यसैगरी पुरुष डबलतर्फ आर्मीका रन्जित तामाङ र नविन श्रेष्ठ प्रथम, सशस्त्रका विजय थापामगर र दीपेश धामी दोस्रो, आर्मीका सुरोज महर्जन, प्रफुल महर्जन, पविन लिनथेप र रुकेश महर्जन तेस्रो भए। यसैगरी महिला डबलतर्फ सशस्त्रका पूजा श्रेष्ठ र जेशिका गुरुङ प्रथम, आर्मीका अनुमाया राई र नङसल तामाङ दोस्रो, प्रदेश १ का सीता राई, सीमा राजबंशी र आर्मीका अमिता गिरी र रसिला महर्जन तेस्रो भए।

त्यसैगरी महिला पुरुष डबलमा सशस्त्रका पूजा श्रेष्ठ र दिपेश धामी प्रथम, सशस्त्रकै जेशिका गुरुङ र गौतम कठायत दोस्रो, आर्मीका अमिता गिरी, नविन श्रेष्ठ, अनुमाया राई र रत्नजित तामाङ तेस्रो भए। यसैबीच बैशाख १ गतेबाट दाङको घोराही कवर्डहलमा भएको प्रतियोगिता शनिबार सकिएको छ।

प्रतियोगितामा ७ प्रदेश, ३ विभागीय र एनआरएन गरी १० समूहको सहभागिता रहेको थियो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.