|

भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश रञ्जन गोगोईमाथि लागेको यौन उत्पीडन सम्बन्धी आरोपको सुनुवाइ भएको छ। सर्वोच्च अदालतमा प्रधानन्यायाधीश रञ्जन गोगोई, न्यायाधीश अरुण मिश्रा र संजिव खन्ना रहेको विशेष बेन्चमा शनिबार सुनुवाई भएको हो।

बेन्चले प्रधानन्यायाधीशमाथिको आरोपको बारेमा अन्य न्यायाधीशसहितको एक विशेष वेञ्चमा सुनुवाई गर्ने जनाएको छ। प्रधानन्यायाधीस गोगोईमाथि उनकै एक जना पूर्वसहयोगी जुनियर असिस्टेन्टले यौन उत्पीडन गरेको आरोप लगाएकी थिइन्। पूर्वसहयोगीसमेत रहेकी यौन उत्पीडनको आरोप लगाउने ३५ वर्षीया ती महिलाले सर्वोच्च अदालतका सबै २२ जना न्यायाधीशलाई हिजो पत्र लेखी आफूलाई गगोईले सरकारी निवासस्थित कार्यालयमा गत वर्षको अक्टोबरमा दुई पटकसम्म यौन दुव्र्यवहारको प्रयास गरेको बताएकी थिइन्।

महिलाले गोगोईले आफूमाथि यौन उत्पीडन गरेको, उनको प्रस्तावमा सहमत नभएपछि जागीरबाट हटाएको र आफ्नो परिवारलाई विभिन्न तरिकाले प्रताडित गरेको आरोप लगाएकी छन्। एएफपीले प्राप्त गरेको पत्रमा महिलाले भनेकी छन्, ‘उहाँले मेरो कम्मरमा समात्नुभयो र शरिरका सबै अङ्गमा हात लगाउनुभयो र मलाई उहाँको शरीरतर्फ अँठ्याउनुभयो। उम्कने प्रयास गर्दा चरप्प समातेर राख्नुभयो। यो यौन दुव्र्यवहारको प्रयास थियो।’

तर, प्रधानन्यायाधीश गगोइले आरोपको खण्डन गर्नु भएको छ। उनले आफूविरूद्ध अदालतका पूर्वकर्मचारीले लगाएको आरोप ‘अविश्वशनीय’ रहेको र  यो आफूलाई महत्वपूर्ण मुद्दाको सुनुवाई गर्न रोक लगाउने प्रयासबाट प्रेरित अभिव्यक्ति मात्र भएको बताए। गोगोईले आफूमाथि लागेको यौन उत्पीडनको आरोप अस्वीकार गर्दै न्यायपालीकाको स्वतन्त्रता खतरामा रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.