|

काठमाडौं : अग्रज गायक तथा संगीतकार मदन दीपबिमको ७० वर्षको उमेरमा निधन भएको छ।

अमेरिकामा बस्दै आएका दीपबिमको सानम्याटियो अस्पतालमा उपचारका क्रममा निधन भएको हो। सोमबार उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

दीपबिमकी छोरी ममता दिपबीमले दिएको जानकारीअनुसार २८ दिनयता अर्धचेत रहेका उनको सोमबार निधन भएको हो।

२८ दिन पहिले एक मन्दिरमा भजन गाएर घर फर्किने क्रममा उनी बेहोस भएका थिए। उनलाई त्यसपछि अस्पताल भर्ना गरिएको थियो।

दीपबिमले एक हजार ५०० भन्दा बढी गीतमा संगीत भरेका छन्। उनले गीत पनि गाएका छन्। उनकी श्रीमती र छोरी पनि गीत संगीत क्षेत्रमा छन्।

नेपालमा इलाम र काठमाडौं घट्टेकुलोमा घर भएका दीपबिमकी श्रीमती एक छाेरा र तीन छोरी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.