|

नवलपरासी : प्रदेश ५ का भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले सहरमा भएको विकासले मात्र मुलुक समृद्ध नहुने भन्दै गाउँको विकासमा पनि केन्द्रित हुनुपर्ने बताएका छन्। मनत्री  चौधरीले प्रदेश ५ सरकारले सामाजिक न्यायसहितको समृद्धिको नीतिलाई अंगिकार गरी अगाडि बढेको बताए।

पश्चिम नवलपरासीको सुनवल नगरपालिका ११ जर्गाहा र बर्दघाट नगरपालिका २ सुखौरालाई जोड्ने डम्बरभार खोलामा कजवेको शिलान्यास गर्दै प्रदेश ५ सरकारले कुना कन्दरा र विकटका गाउँमा समेत विकासको प्रत्याभूति गराउने गरी योजनाहरू अगाडि बढाएको बताएका हुन्। जहाँ सडकको सहज पहुँच हुन्छ त्यहाँका नागरिकको जीवनस्तर र दुर्गम ठाउँका नागरिकको जीवनस्तरमा आकास जमिनको फरक हुने बताउँदै चौधरीले विकासको पहिलो आधार सडक नै भएकोले सडक संजालको विस्तारमा विशेष जोड दिएको बताए।

मन्त्री चौधरीले देशलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउने अभिभारा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को काँधमा आएको समेत बताएका थिए। मन्त्री चौधरीले जवसम्म गाउँको विकास हुँदैन तवसम्म समृद्धिको नारा रटान गर्नुको कुनै अर्थ नहुने बताए। समृद्धिको नारा कागजमा मात्र सीमित राखेर समृद्ध नहुने भएकोले प्रदेश सरकार यसलाई कागजमा सीमित नराखेर विकासमा उच्च प्रथामिकता दिइरहेको समेत बताएका थिए। मन्त्री बैजनाथ चौधरीकै पहलमा योजना परेर पुल निर्माण कार्य थालिएको छ।

९६ लाख ४६ हजार ४०० कूल लगातमा आरसीसी पुल निर्माण हुने भएको छ। उक्त पुल २०७६ असारमसान्तसम्म निर्माण गरिसक्नुपर्ने म्याद रहेको छ। पुल निर्माण गर्न तिरुपति निर्माण सेवा सुनवलसँग ठेक्का सम्झौता भएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर हेमन्तकुमार रोक्काले जानकारी दिए। उक्त पुलको लम्बाइ ३५ मिटर चौडाइ ६ मिटर र उचाइ ३ मिटरको हुने रोक्काले बातए। उक्त क्षेत्रमा पुल नहुँदा स्थानीयबासीलाई वर्षायाममा अवात-जावत गर्न कठिन भइरहेको थियो। पुल बनेपछि २२०० घरधुरी लाभान्वित हुने स्थानीय अगुवा देवान गुरुङले बताए। 

कार्यक्रममा प्रदेश सांसद दीपेन्द्र अधिकारीले सुनवल बर्दघाट जोड्ने पुलको निर्माण कार्यको शुरुवात गरेकोमा मन्त्री चौधरीलाई धन्यवाद दिदैँ स्थानीयबासीले गुणस्तरीय काम होस् भनी अनुगमन गर्न अग्रह गरेका छन। प्रदेश सांसद भगवति भण्डारीले जग्गाको नाप नाक्साको लागि प्रदेश सरकार र संघ सरकारसँग समन्वय गरेर यसको छिट्टै समस्या समाधान गर्न बताइन। बर्दघाट नगरपलिकाको नगरप्रमुख धीरज शर्मा बस्यालले यस गाउँलाई रमणीय पर्यटकीय रुपमा विकास गर्न नगरपालिका लागि परेको बताए।

सुखौरा गाउँलाई विकास गर्नको लागि र यस क्षेत्रमा पर्यटक भित्र्याउने खालको नगरपालिकाले काम गरिरहेको नगरप्रमुख बस्यालले जोड दिएका थिए। उनले जहासम्म जग्गाको बिषयमा जग्गाको नाप नाक्सा लागि पहल भइरहेको र यसको छिट्टै समस्या समाधन गर्ने दाबी गरेका छन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.