|

काठमाडौं :  केही  दिनदेखि  झाडापखाला महामारी फैलिएको गुल्मीको मुसिकोट नगारपालिका-४ दजाकोटमा १ जनाको मृत्यु भएको छ। झाडापखालाका कारण बिरामी हुनेको संख्या १६० पुगेको छ झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन। यता, हुम्लाको ताजाकोट  गाउँपालिकामा अज्ञात रोगको कारण नौजनाको मृत्यु भइसकेको छ।

हुम्लामा फैलिएको संक्रामक रोगका कारण ९ जनाको ज्यान गइसकेको छ। अहिलेसम्म यो रोग नै हो भनेर यकिन नभए पनि मौसमी रुखाघोकी रहेको अनुमान गरिएको छ, किनकि बिरामीहरूमा ज्वरो आउने, खोकी लाग्ने, टाउको दुख्ने, हातखुट्टा झमझमाउनेसहितका लक्षण देखिएका छन्।

प्रारम्भिक रूपमा गुल्मीमा दूषित खानेपानीको कारण झाडापखला फैलिएको  बताइए पनि हुम्लाको संक्रमणको  भने केही पहिचान हुन सकेको छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले दुवै ठाउँमा देखिएका संक्रमणबाट डराउनुनपर्ने र नियन्त्रणभन्दा बाहिर पनि नरहेको बताएको छ।

महाशाखा प्रमुख डा विजयलाल कर्णका अनुसार प्रारम्भिक जानाकारीअनुसार त्यहाँ देखिएको समस्या स्वाइनफ्लु भएको अनुमान गरिएको समेत बताए। उनले भने
'प्रारम्भिक जानाकारीअनुसार हुम्लामा देखिएको समस्या स्वाइनफ्लु हो भन्ने अनुमान गरिएको छ, भोलिसम्ममा बिरामीको नमुना ल्याएर केन्द्रीय प्रयोगशालामा परीक्षण गरेपछि समस्याको पुष्टि हुनेछ।'

यता, गुल्मीमा देखिएको झाडापखाला भने  नियन्त्रणमा आउन थालेको डा कर्णले बताए । उनले भने, ‘हाम्रो त्यहाँ रहेका प्रतिनिधिका अनुसार हिजोदेखि  थप संक्रमितको संख्या घटेको छ, अब नियन्त्रणमा आएको छ।'

सरुवा रोगबाट कसरी बच्ने?

जलवायु परिवर्तन, वातावरण प्रदूषणले गर्दा तराई क्षेत्रमा मात्र नभई पहाडी भूभागमा समेत पछिल्लो समय गर्मीले समस्या उत्पन्न गर्दै  गएको हुनाले अहिले उच्च पहाडी क्षेत्रमा समेत धेरै गर्मी हुने हुदाँ यस्ता समस्या देखिने र जसले गर्दा पहाडी भेगमा समेत धेरै  गम्रीका साथै वर्षासमेत हुने हुँदा किटजन्य र पानीजन्य संक्रमणहरू धेरै हुने गर्छ। गर्मी र वर्षाको कारण यस मौसमा देखिने मौसमी संक्रमणजन्य सरुवा रोगहरू लागेमा सामान्य ध्यान दिन सके पनि यस्ता संक्रमणबाट जोगिन सकिने भए पनिसामान्य असावधानीले गर्दा बर्षेनी धेरै मानिसहरू यस्ता मौसमी संक्रमणबाट प्रभावित हुने हुँदा यस्ता समस्या देखिने गर्दा खानेपानीदेखि सरसफाइमा ध्यान दिनुपर्ने डा कर्णले बताए।

उनले भने, ‘यस्तो बेलामा सरुवा रोगबाट जोगिन सबै भन्दा पहिले हरेक व्यक्तिले  व्यक्तिगत सरसफाइमा ध्यान दिन आवश्यक हुन्छ।बर्षात को मौसममा पानीजन्य समस्याको प्रकोप धेरै हुने हुँदा हामीले खाने पानीको शुद्धतामा विशेष ध्यान दिनु आवश्यक हुन्छ।' वर्षातमा दूषित पानी बाट लाग्ने रोगहरुबाट बच्ने सबै भन्दा पहिलो विकल्प भनेकै दुषित पानीको सेवन  नगर्नु रहेको उनको भनाइ छ।

अर्को यस मौसमा बासी खाने कुरा नथा काचोँ खानेकुरा खानु हुँदैन। घरबाहिर निस्कदाँ माक्सको प्रयोग गर्ने गर्नुपर्छ। यस्तै यो मौसममा देखिने किटजन्य रोगहरूबाट बच्न घरबाहिर निस्कँदा बाक्लो कपडा लगाउने। धरै झाडी भएको ठाउँमा नजाने गर्नुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.