|

ललितपुर : नेपालको सबैभन्दा लामो जात्रा रातो मत्स्येन्द्रनाथको जात्रा हो। यो जात्रा बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदाबाट सुरु भइ असार शुक्त चौथीसम्म मनाइन्छ। करिव एक हजार ६०० वर्ष पुरानो मानिने यो जात्रा पाटनको सबै भन्दा महत्वपूर्ण जात्रा मानिन्छ।

सहकाल र वर्षाको देवताको रुपमा चिनिने यो जात्रा, मच्छिन्द्र बहालमा रहेको मत्स्येन्द्रनाथलाई रथमा बिराजमान गराइ पुलचोकबाट रथ तानेर सुरु गरी जावलाखेलमा लगेर भोटो देखाइसकेपछि जात्राको अन्त्य हुने गर्दछ। जावलाखेलमा भोटो देखाएकै दिन रातो मत्स्येन्द्रनाथको रथलाई खटमा राखी बुङमती पुर्‍याउने परम्परा छ।

रातो मत्स्येन्द्रनाथको रथलाई छ महिना पाटन र छ महिना बुङमतीमा राख्ने गरिन्छ। जात्रा सकिएर बुङमती पुर्‍याइएको रथ छ महिनासम्म त्यही राखेर साइतअनुसार पाटन मच्छिन्द्रबहालमा ल्याएर राखिन्छ। यस वर्ष यो जात्राको सुरुवात बैशाख २५ गतेबाट हुँदैछ। यसै क्रममा ललितपुरको पुलचोकमा रथको तयारी गरिँदैछ भने मच्छिन्द्र बहालमा रथ रंगरोगन गरी सिँगारिँदै छ।

तयारी गरिँदै गरेको फोटोहरू

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.