|

काठमाडौं : संखुवासभा जिल्लामा अवस्थित मकालु हिमाल क्षेत्रमा यति अर्थात् हिम मानवको बसोबास रहेको दाबी भारतीय सेनाले गरेको छ । भारतीय सेनाको एउटा हिमआरोहण टोलीले मकालु हिमाल क्षेत्रमा यतिको पाइला भेट्टाएको दाबी गरेको हो । 

भारतीय सेनाले आफ्नो ट्विटर एकाउन्टबाट सार्वजनिक गरेको तस्बिरमा यतिको पाइला देखाइएको छ । भारतीय सेनाले यतिको पाइला पहिलो पटक भेट्टाएको जनाउँदै मकालु हिमाल क्षेत्रमा यतिको बास रहेको दाबी गरेको हो । 

भारतीय सेनाले 'हिम मानव' अर्थात् यतिको निशान भएका कयौँ फोटो पनि सार्वजनिक गरेको छ। सामाजिक सञ्जालमा सेयर गरिएका यतिका निशानसहितका भनिएका तस्बिर अहिले धेरै सेयर भइरहेका छन् । 

भारतीय सेनाको हिम आरोहण टिमले सार्वजनिक गरेको तस्बिरमा 'यति' को निशान मकालु हिमालको बेस क्याम्प नजिकैको रहेको दाबी गरिएको छ। 

भारतीय सेनाको टोलीले हिउँमाथि ३२*१५ इन्चका निशान भेट्टाएको हो । यो घटना ९ अप्रिल २०१९ को हो । तर यी तस्बिरलाई भारतीय सेनाले २० दिनपछि मात्रै सेयर गरेको हो । 

भारतीय सेनाले सार्वजनिक गरेको तस्बिरमा मकालु बरुण राष्ट्रिय निकुञ्जमा यसअघि पनि हिम मानव देखिएको जनाएको छ । यी पाइला भेटिएसँगै हिमालीक्षेत्रमा यति रहेको पुष्टि हुने भारतीय सेनाले गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.