|

पोखरा : गण्डकी सरकारले राजधानी (पोखरा) मा घर हुने सांसदहरुलाई पनि घरभाडा दिने भएको छ । २०७४ चैत ३० गते पारित सांसदहरुको पारिश्रमिक तथा सेवा ऐनको दफा ६ (२) मा पोखरा महानगरपालिकामा आफ्नै घर नभएमा मात्र सुविधा दिइने उल्लेख छ । 
तर, उक्त ऐनको उपदफा २ मा राजधानीमा घर भएका सांसदहरुको घर मर्मत, सम्भार खर्च प्रदेश सरकारले बेहोर्ने व्यवस्थालाई टेकेर राजधानीमा घर हुने सांसदहरुलाई पनि घरभाडा दिन लाएको हो । 

राजधानीमै घर हुनेलाई आवास खर्च

सांसदहरुको पारिश्रमिक तथा सेवाको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनअनुसार अहिले सांसदहरुले हरेक महिना १५ हजार रुपैयाँ बुझ्दै आएका छन् । 

गण्डकी प्रदेशको राजधानी पोखराबाटै निर्वाचित र यहि घर भएका १३ जना सांसद छन् । त्यस्तै मुस्ताङ लगायतको जिल्लाबाट निर्वाचित तर, पोखरामा घर हुने अन्य सांसद पनि छन् । 

गण्डकी सरकारका अनुसार अहिलेसम्म कास्कीबाट निर्वाचित १३ जना सांसदले मात्रै घर भाडा सुविधा पाएका थिएनन् । 

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आइतबार अबेरसम्म चलेको मन्त्रीपरिषदले  ऐनमा उल्लेख भए अनुसार १५ हजार रुपैयाको आधा सात हजार पाँच सय रुपैयाँ मासिक आवास सुविधा पाउने छन् । 

बढ्यो सांसदको भत्ता 

आवास सुविधासँगै सांसदहरुले पाउँदै आएको भत्ता पनि बढाउने निर्णय सरकारले गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सांसदहरुको भत्ता दुई सय ५० रुपैयाँले बढाउने निर्णय गरेको हो । 

यो निर्णयसँगै अब सांसदहरुले हरेक बैठकमा उपस्थित भएपछि एक हजार रुपैयाँ भत्ता पाउने सरकारका प्रवत्ता तथा भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.