|

भक्तपुर : प्रिफाइव बोर्ड उत्पादन गर्ने उद्योग गोर्खा ईको प्यानलमा मंगलवार बिहान आगलागी भएको छ। भक्तपुर नगरपालिका ९ स्थित कृष्णभक्त दुवालले सञ्चालन गरेको सो उद्योगमा बिहान ३ः२५ आगलागी भएको हो। आगलागीको कारण थाहा हुन सकेको छैन। 

नियन्त्रणका लागि भक्तपुर, काठमाडौं र ललितपुरको दमकलको सहायतामा स्थानीय बासिन्दा, सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले ४ः३० बजे नियन्त्रणमा लिएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत रेवतीरमण पोखरेलले बताए।

आगलागीबाट ६४ लाख ७२ हजार ५०० रुपैयाँ बराबर क्षति भएको सञ्चालक कृष्णभक्त दुवालले जानकारी दिए। सञ्चालक दुवालका अनुसार काठको चारकुने प्यालेट ५०० थान, कटिङ मेसिन एक थान, फाइवर ग्लास २०० बोरा, साबुन ५०० बाकस, एच पी एम सि केमिकल १० बोरा, मिक्चर मेसिन एक थान, पानी ट्यांकी एक वटा, जेनेरेटर, केवल तार, इपिएस स्टोरेज सेट, डिभि बक्सलगायतका सामग्री जलेर नष्ट भएको छ। प्रहरीले भने आगालगीको क्षतिको विवरण सार्वजनिक गरेको छैन। 

फर्निचर उद्योगमा पनि आगलागी 

त्यसैगरी दाङकाे तुलसीपुरको एक फर्निचर उद्योगमा आगलागी हुँदा १० लाख रुपैँया बराबरको क्षति भएको छ। तुलसीपुर उपमहानगरपालिका १२ टरिगैंको ओम फर्निचर उद्योगमा आगलागी हँदा उक्त क्षति भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। सोमबार राति १२ बजेतिर बिद्युत चुहावट भएर आगलागी हुँदा एउटा मोटरसाइकल, एकथान काठ चिर्ने मेशिन, दुईजोर झ्याल लगायतका सामग्रीहरू जलेर नष्ट भएको इप्रका तुलसीपुरका प्रहरी निरीक्षक भीमबहादुर कार्कीले बताए।  उनका अनुसार समयमै प्रहरी पुगेकाले थप क्षति हुन नसकेको बताए।

आगो मंगलबार बिहान सवा १ बजेतिर नियन्त्रणमा आएको हो। उद्योगका सञ्चालक ओम नारायण चौधरीले भने बिद्युत सर्ट भएर नभई कसैले सुनियोजित तरिकाले आगो लगाएको हुन सक्ने बताए। ‘बिद्युत सर्ट भएको भए बिद्युत तार भएको स्थानबाट आगो लाग्न शुरु गथ्र्यो होला’ उनले भने', 'आगो मोटरसाइकल भएको स्थानबाट शुरु भएको छ। जसको नजिक बिद्युतको तार समेत छैन।’

आगलागी भइरहेका बेलामा पनि बाहिरका बत्ति बलिरहेको भन्दै यो बिद्युत सर्ट भएर नभई कसैले ब्यक्तिगत रिसइबीका कारण आगलागी गराएको हुन सक्ने उनको भनाई छ। त्यसैगरी सोमवार दिउँसो दाङको शान्तिनगर गाउँपालिका ४ जुम्लेकुलामा ३ वटा घरमा आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ। सोही ठाउँ निवासी बुद्धिराम रेउले, उनका भाइ गौरी लाल रेउले र कुलबहादुर रेउलेका घरमा आगलागी भएको हो।

आगलागी मानवीय क्षति नभए पनि गोरु २, बाख्रा ६, बंगुर २ वटा मरेका छन्। यस्तै मोटरसाइकल १ र अन्नपात गरी ५० लाख बराबर को क्षति भएको पीडित बुद्धिराम रेउलेले बताए। तोरिको डाँठमा लगाएको आगो घरमा सल्किँदा उक्त घटना भएको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.