|

पर्सा : भारतको लोकसभा निर्वाचनको समयमा सुरक्षाका लागि मध्यनजर गर्दै शुक्रबार अर्थात बैशाख २७ गतेबाट २९ गतेसम्म सिमानाका बन्द हुने भएको छ।सिमाना बन्द हुँदा मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज भन्सार नाकामा समेत ३ दिन कारोवार ठप्प हुने भएको छ।

बैशाख २७ गतेदेखि २९ गतेसम्म अर्थात मे १० देखि १२ तारिखसम्म नेपाल तर्फको सीमानाका बन्द रहने पर्साका प्रहरी प्रमुख रेवती ढकालले बताए। लोकसभा निर्वाचनका क्रममा हुने सुरक्षालाई मध्यनजर गर्दै उनीहरूको आग्रह अनुसार तीनदिन सीमा नाका बन्द गर्न लागिएको उनको भनाइ छ। दुवै पक्षको सहमति र समन्वयमा निर्वाचनको समयमा ७२ घण्टा सीमा नाका बन्द गरिने चलन नयाँ नभएको प्रहरी उपरिक्षक ढकालले बताए।

नेपाल तर्फको निर्वाचनका समयमा पनि सुरक्षालाई मध्यनजर गर्दै दुई देशको सिमाना बन्द गरिन्थ्यो। भारतमा निर्वाचन हुँदा पनि भएको त्यस्तै हो प्रहरी उपरीक्षक ढकालले भने। भारतमा हुने लोकसभा निर्वाचनका कारण नेपाल तर्फको नाका बन्द गर्दा सीमा वार पार गर्नेहरूको आवागमन पनि पातलिने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

भारतीय लोकसभा निर्वाचनलाई लक्षित गरी पछिल्लो पटक सीमावर्ती सुरक्षा निकायका अधिकारीहरूको समन्वय बैठक मोतिहारीमा डेढ महिना अगाडि नै भइसकेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए। १२ मे अर्थात वैशाख २८ गते बिहार लगायत ७ राज्यको ५९ लोकसभा सिटमा निर्वाचन हुँदै गरेको भारतीय रक्सौल बजारका स्थानीयले बताए।

लोक सभाको ५४३ सदस्य सिटमध्ये ४० जना बिहारबाट नै निर्वाचित भएर जाने उनीहरूको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.