|
File Photo

धनगढी :  कैलालीको लम्कीमा छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु भएको छ। शनिबार नदीमा डुबेर कैलालीको लम्कीमा दुई बालकको ज्यान गएको हो।

लम्किचुहा नगरपालिका ७ चागाबाडिमा रहेको रोरा नदीमा डुबेर २ जना बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। ज्यान जानेमा लम्कीचुहा नगरपालिका–७ का ११ वर्षीय सुदीप चौधरी र ११ वर्षकै समीर चौधरी रहेका छन्।

शनिबार बिहान करिब १२ बजेतिर पौडी खेल्ने क्रममा डुबेका उनीहरूको उद्धार गरी उपचारका क्रममा टीकापुर अस्पतालमा लैजाँदै गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्ष दक्षकुमार बस्नेतले बताए।

त्यसैगरी, शनिबार नै लम्किचुहा नगरपालिका-४ कौवापुरको रतन खोलामा ढुंगाले चोट लागेर एक जनाको मृत्यु भएको छ। पानी पिउने क्रममा माथिबाट खसेको ढुंगा लागेर १८ वर्षीया प्रमोद चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बस्नेतले बताए।

यसअघि गएराति लम्कीचुहा नगरपालिका-१० मा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ। से १ त ९८८४ नम्बरको ट्याक्टर र से २ प ७३०६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका बर्दगोरीया गाउँपालिकाका २७ वर्षीया मनोज न्यौपानेको उपचारका लागि लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ। घटनामा दुई जना घाइते भएका छन्। घाइते बर्दगोरीयाकै नारद न्यौपाने र तुलाराम न्यौपानेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.