|

गुल्मी : सुख्खा समय सुरु भएसँगै तम्घासमा पिउने पानीको हाहाकार भइरहेको समयमा डिप बोरिङबाट पिउने पानीको व्‍यवस्था गरिएको छ।  

रेसुंगा नगरपालिका-९ को उपल्लो तम्घासमा डिप बोरिङबाट पानी निकाली पिउने पानीको व्‍यवस्था गरिएको  वडा अध्यक्ष नारायण बरालले जानकारी दिए। बरालका अनुसार हाल वडा नं ९ मा रहेका ५२१ घरधुरीलाई पानीको व्‍यवस्था गरिएको र त्यसपश्चात् अन्य वडाहरूका लागि पनि व्‍यवस्था गर्ने बताए। 

अहिले ४८ मिटर गहिराइबाट पानी आएको छ यसलाई १५० मिटर गहिराइसम्म लगेर तम्घासमा पानीको दीर्घकालीन समस्याको समाधानमा लाग्नेगरी योजना बनाएको बताए। जहाँ खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तम्घासको प्राविधिक सहयोग रहेको बरालले बताए। 

आइतबार सोही ठाउँको पानी मुख्य ट्यांकीमा जम्मा गरी उपल्लो तम्घासका ५२१  लाई पानी वितरण गरिएको छ। यसलाई अझै ब्यवस्थित गर्ने गरी लागेको बरालले बताए।  के कति लगानी लाग्ने भन्ने बारेमा अहिले यसै भन्न नसकिने र यस योजनालाई सफल बनाएरै छाड्ने बरालले दाबी गरे। 

यता तम्घासमा खानेपानीको समस्या बढदै गएको समयमा यसलाई विशेष महत्वका साथ हेरिएकाे छ। तम्घासमा पिउँने पानीको समस्या हुँदै गएपश्चात नगरपालिकाले ट्याङकबाट पानी वितरण गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.