|

दाङ: पिकअपको ठक्करबाट दाङमा एक बालकको मृत्यु भएको छ।  दाङ दंगीशरण गाउँपालिका ६ श्रीगाउँ निवासी देविलाल पुनका ७ वर्षीय छोरा किरणको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

प्रहरीका अनुसार  पश्चिमबाट तुलसीपुरतर्फ आउँदै गरेको ग १ ज ५६६४ नम्बरको पिकअपले आइतबार दिउँसो ४ बजेतिर बालकलाई ठक्कर दिएको थियो।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारको लागि स्थानीय स्वास्थ्यचौकी बागर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.