|

श्रीलंकामा पुनः सामाजिक सञ्जालमा बन्द गरिएको छ। मुस्लिम धर्मालम्बीका मस्जिद र उनीहरूका सम्पत्तिमाथि आक्रमण हुन थालेपछि सरकारले सोमबारदेखि फेसबुक, इन्स्टाग्राम, युटुब, भाइबर र  ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको हाे।

आइतबार क्रिश्चियनको बाहुल्यता रहेकाे चिलाव सहरमा मस्जिदमाथि ढुंगामुढा र एक मुस्लिम धर्मालम्बीलाई कुटपिट भएपछि थप हिंसा भड्किन नदिन सरकार सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको हो। गत वैशाख ८ गते श्रील‌कामा भएकाे आत्मघाती हमलामा  २ सय ५० भन्दा बढीको मृत्यु भएको थियो।

क्रिश्चियन धर्मालम्बीका चर्च र पाँच तारे होटलमा भएको हमलापछि पनि श्रीलंका सरकारले  सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको थियो। सामाजिक सञ्जाल फेसबुकमा सामाजिक सद्भाव भड्किने गरी पोस्ट गर्ने केहि मानिसलाई  प्रहरीले पक्राउ गरेकाे छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.