|

काठमाडौं : सरकारले ‘१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता २०७६’ को लोगो सार्वजनिक गरेको छ। 

युवा तथा खेलकुद मन्त्रालयले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता २०७६’ को लोगो सार्वजनिक गरेको हो। सो प्रतियोगिताको कामलाई तिव्रता दिने गरी लोगो सार्वजनिक गरिएको युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले जानकारी दिए।

कलाकार भोलानाथ पौडेलले परेवाको आकृतिकाे लोगो तयार गरेका छन्। त्यसमा प्रयुक्त रंगले शान्तिलाई दर्शाउँछ भने त्यसको पृष्ठभूमिमा राखिएको सोही रंगको रेखाले हाम्रो देशलाई प्रतिनिधित्व गराउने निश्चल हिमाललाई झल्काउँद छ। लोगोमा सार्क राष्ट्रहरूको प्रतिनिधित्व गराउन प्वाँखको सात आकृति समावेश गरिएको छ।

मन्त्री विश्वकर्माले सो प्रतियोगिताको पूर्वाधार निर्माणको कामलाई पनि तिव्रता दिइएको बताए। सरकारले सो खेलकुद प्रतियोगिताका लागि करिव ४ अरव खर्च लाग्ने अनुमान पनि गरेको छ। करिव ४ अरव खर्च सो प्रतियोगितामा लाग्ने अनुमान गरिएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिए।

सो बजेटको व्यवस्थापनका लागि परिषदका उपाध्यक्ष पिताम्बार तिम्सिनाको संयोजकमा ५ सदस्यीय आर्थिक व्यवस्थापन समिति पनि गठन गरिएको छ।

सरकारले सो प्रतियोगिता सम्पन्न गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा निर्देशन समिति तथा मन्त्री विश्वकर्माको अध्यक्षतामा व्यवस्थापन समिति गठन गरिसकेको छ। व्यवस्थापन समितिअन्तर्गत रहने गरी अन्य विभिन्न समितिहरु पनि गठन गरिएको जनाइएकाे छ। प्रतियोगिताको कामलाई तिव्रता दिइएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.