|

जनकपुरधाम : गत चैत १७ गते बारा र पर्सा जिल्लामा आएको हावाहुरी पीडितका लागि प्रदेश १ को सरकारले एक करोड रुपैयाँ सहयोग गरेको छ। बारा पर्साको हावाहुरी पीडितको लागि प्रदेश १ का मुख्यमन्त्रीले घोषणा गरेको एक करोड सहयोगको चेक सोमबार एक समारोहबीच हस्तान्तरण गरिएको हो।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले प्रदेश  २ का मुख्यमन्त्री लालबाबु राउतलाई राहत रकमको चेक हस्तान्तरण गरेका हुन्। मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राईले हावाहुरीले निम्त्याएको विपदमा प्रदेश  १ ले सानो सहयोग गरेर प्रदेश २ को विपद्मा हामी सबै एकजुट रहेको सन्देश दिन खोजेको बताए।

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री राउतले प्रदेश १ को सहयोगप्रति आभार व्यक्त गर्दै मुलुक संघीय संरचनामा गएपछि प्रदेश प्रदेश बीचको सहकार्य र सम्बन्धमा मजबुत बनाउने आधार प्रारम्भ भएको बताए। बारा पर्सामा चैत्र १८ गते आएको हावाहुरी २९ जनाको मृत्यु भएको थियो भने करोडौंको क्षति भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.