खेलकुद

आइपीएलको ट्रफी बोकेर निता अम्बानी भगवानको शरणमा (भिडियो)
SHARES

बैशाख ३१, २०७६

    काठमाडौं : इण्डियन प्रिमियर लीग (आइपीए) को यो सिजनको उपाधि मुम्बई इण्डियनले जित्यो।

    भारतीय ढनाड्य मुकेश अम्बानीको स्वामित्वमा रहेको मुम्बईले फाइनलमा अघिल्लो संस्करणको विजेता चेन्नाई सुपरकिङ्लाई एक रनले हराउँदै उपाधि उचाल्यो। सन् २०१३ मा पहिलो पटक उपाधि जितेको मुम्बईले त्यसपछि हरेक २ वर्षमा उपाधि हात पार्दै आएको छ। सन् २०१५ मा दोस्रो पटक विजेता बनेको मुम्बईले २०१७ मा पनि उपाधि आफ्नो पोल्टामा पार्यो।

    चौथो पटक विजेता बनेको मुम्बईको हरेको खेल हेर्नका लागि भारतीय व्यापारी मुकेश अम्बानीकी श्रीमती निता उपस्थित हुन्थिन्। फाइनल खेलमा पनि अम्बानी पत्नी निता आफ्नो टिमले खेल जितोस भनेर हरेक ओभरमा कामना गरिरहेकी हुन्थिन्। अन्तत: मुम्बईले नै उपधि उचाल्यो। उपाधि हातपारेपछि जितको हरेक खुसीमा निता सहभागी भइन्।

    निता ट्रफी लिएर सडकमा पनि निस्किएकी थिइन्। यस्तै निताले टिमले हात पारेको ट्रफी बोकेर गणेश, विष्णु भगवानको पाउमा राख्दै ब्राह्मणहरुको मन्त्रोचारणसहित प्रार्थना पनि गरेकी छन्। 

    हेर्नुहोस् भिडियो 


     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]