|
File Photo

तनहुँ : माछा मार्ने क्रममा एक जना मर्स्याङ्दी नदीमा बेपत्ता भएका छन्। बेपत्ता हुनेमा भानु नगरपालिका–९ पातलेका ४५ वर्षीय शेरबहादुर गुरुङ रहेका छन्।

माछा मार्ने क्रममा नदीले बगाएर गुरुङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए। नदीले बगाएर बेपत्ता भएको पाउनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक टेकबहादुर कार्कीको टोली खोजतलासका लागि खटिएको छ।

प्रहरी र स्थानीयहरू खोजी कार्यमा जुटेको भए पनि गुरुङ नभेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.