|

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सार्वजनिक संस्थानहरुलाई सुदृढ बनाउने गरी काम गर्न सम्बन्धित निकायका कर्मचारीहरूलाई कडा निर्देशन दिएका छन्। मन्त्री विष्टले पेसागत मर्यादाको ख्याल राखेर आफ्ना गतिविधिलाई अघि बढाउन पनि कर्मचारीहरूलाई सचेत गराए।

सार्वजनिक संस्था कर्मचारी संगठन नेपालको ३० औं स्थापना दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सार्वजनिक संस्थानहरूलाई नाफामा लैजाने गरी पारदर्शिताका साथ काम गर्न पनि सम्बन्धित निकायका कर्मचारीहरूको गम्भीर ध्यानाकर्षण गराए। मन्त्री विष्टले कर्मचारीहरूको तलबसहितको सेवा, सुविधा वृद्धि गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.