|

काठमाडौं : व्यवस्थापिका संसदको बैठक बिहीबार बस्दैछ। बिहान ११ बजे बस्ने बिहीबारको बैठक पनि प्रमुख विपक्षी नेकपा एमालेलगायतका दलले अवरोध गर्ने तयारी गरेका छन्।

सरकारले संविधान संसोधन विधयेक फिर्ता नलिएसम्म सदन चल्न नदिने अडानमा रहेको एमाले लगायतका साना बाम दलले बिहीबार पनि सुरु हुनासाथ बैठक अवरुद्ध गर्ने जनाएको छ। गतिरोध अन्त्यका लागि प्रमुख तीन दलबीच छलफल भइरहेपनि निष्कर्षमा पुगिनसकेकाले बैठक चल्न नदिने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए। ‘दलहरुबीचको संवाद सकारात्मक छ', नेम्वाङले भने- 'तर निष्कर्षमा पुगिनसकेकाले आजको बैठक पनि हामी चल्न दिन्नौं।’ 

एमालेले संविधान संसोधन तत्काललाई थाती राखेर चुनावको मिति घोषणा गरेर जानुपर्नेमा जोड दिएको छ। सरकारले पुरानै संरचनामा स्थानीय निकायको चुनाव गर्ने भनेकाले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन आउनु अघि नै मिति घोषणा गर्नुपर्ने नेता नेम्वाङको भनाइ छ। 

आयोगले प्रतिवेदन दिइसकेपछि पुरानो संरचनामा चुनाव गर्नु संविधान विपरित हुनेछ। प्रधानमन्त्री भने एमालेसँग संविधान संसोधन, चुनाव र महाअभियोग प्रस्तावमा प्याकेजमा सहमति गर्ने तयारीमा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.