|
File Photo

काठमाडौं : शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले समितिमा अनिवार्य उपस्थितिका लागि सबै सदस्यलाई निर्देशन दिएकी छन्।

समितिका छलफल तथा बैठकमा सदस्य अनुपस्थित हुन थालेपछि सभापति घर्तीले सक्रिय सहभागीता जनाउन निर्देशन दिएकी हुन्। आइतबार समितिको वार्षिक प्रतिवेदनको मस्यौदामाथिको छलफलमा पनि सदस्य अनुपस्थित भएपछि सभापति घर्तीले सक्रिय उपस्थितिको लागि निर्देशन दिएकी हुन्।

उनले भनिन्, 'समिति भनेको मिनी संसद हो। मिनी संसदमा सक्रियतापूर्वक आफ्नो उपस्थिति र भाग लिने र टाइमलाई म्यानेज गर्ने कुरालाई म सबै माननीय ज्यूलाई विनम्र अनुरोध गर्दछु।'

बैठकमा समिति सदस्य योगेश भट्टराईले कारवाही महत्त्वहिन र प्रभावकारी नदेखेर समितिका बैठकमा अनुपस्थित भएको हो भने थप प्रभावकारी बनाउन सुझाव दिए।

आइतबारको बैठकमा समितिको वार्षिक प्रतिवेदनको मस्यौदामाथिको छलफल गर्ने कार्यसूची थियो। छलफलमा सहभागी सदस्य खगराज अधिकारी, मानबहादुर विक, उमाकान्त चौधरी, चित्रलेखा यादव, उमेश श्रेष्ठलगायतले निर्देशन कार्यान्वय गर्ने र नगर्नेको नाम नै किटानीका साथ उल्लेख  गर्नुपर्नेमा जोड दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.