गुल्मी १६ दिन देखि बन्द

|

गुल्मी : पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लालाई टुक्र्याउने प्रस्तावको विरोधमा बन्द रहेको गुल्मीमा बिहीबार प्रस्तावका विषयमा नमुना मतदान हुँदैछ। 

बिहान ११ बजे तम्घासमा गुल्मी ४ नम्बर प्रदेशमा रहने वा पाँचमा रहने भन्ने विषयमा नमुना मतदान हुन लागेको हो। संविधान संसोधन विधेयकको विरोधमा गुल्मी १६ दिन देखि बन्द छ। 

बिहीबार पनि प्रदर्शनकारीले जिल्ला प्रशासन र जिल्ला विकास समितिको कार्यालयमा धर्नालाई निरन्तरता दिने जनाएका छन्। लामो समयदेखिको बन्दका कारण जिल्लाको जनजीवन कष्टकर बन्दै गइरहेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.