|
File Photo

काठमाडौं : नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत सुभाषप्रसाद श्रेष्ठसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

नेपालगञ्ज भन्सार कार्यालयमा नक्कली प्रज्ञापनबाट सामान पैठारी गरी राजस्व छली गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

भन्सार अधिकृत श्रेष्ठ, भन्सार अधिकृत बटुकृष्ण अधिकारी, जाँचकी बसन्त कुमार सुवेदी, भन्सार एजेण्ट दिनेश कुमार बाँनिया, वनवोरी माता ट्रेडर्सका सञ्चालक रविन्द्र गुप्ता र वीरेन्द्र गुप्ता, हिमालयन कार्गोकी संचालिका मधुकुमारी चौधरी, हिमालयन कार्गोका लागि काम गर्ने विनोद कुमार गुप्ता र राहुल कुमार गुप्ताले विरुद्ध मुद्दा दर्ता भएको हो।

वनवोरी माता ट्रेडर्सको स्किम्ड मिल्क पाउडर ४ सय ब्याग समान उल्लेख गरी झुट्टा प्रज्ञापन पत्र बनाएर २० लाख २४ हजार १ सय ४१ रुपैयाँ राजश्व छलेको उनीहरुमाथि आरोप लागेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.