|

काठमाडौं : अर्घाखाँचीस्थित पाणीनि तपोभूमि दहमा सञ्चालित ३४ औं महायज्ञ सम्पन्न भएको छ। वैशाख ३० देखि जेठ ६ गतेसम्म लागेको महायज्ञ धुमधामका साथ सम्पन्न भएको हो। महायज्ञको पहिलो दिन पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले उद्घाटन गरेका थिए। महायज्ञमा प्रमुख वाचकमा रुपमा कपिलवस्तुबाट व्यासाचार्य  भुवन गुरुको उपस्थित रहेको थियो।

शान्त वातावरण, हरियाली जंगलको बिचमा अवस्थित पाणिनी ऋषीको मन्दिरमा प्रत्येक वर्ष महायज्ञ हुँदै आएको छ। धार्मिक तथा ऐतिहासिक महत्व बोकेको पाणिनी तपोभूमिलाई पर्यटकीय स्थलका रुपमा चिनाउन वर्षाैदेखि महायज्ञ सञ्चालन गर्दै आएको छ।

पाणीनी तपोभूमि संरक्षण एवम् प्रचारप्रसार समितिका अध्यक्ष धाताानन्द पोखरेलले यस वर्ष लागेको महायज्ञमा दैनिक २\३ हजारको हारहारीमा भक्तजनको उपस्थित रहेको बताए। उनका अनुसार महायज्ञमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, प्रदेश सरकारका सभासदहरु रामजी घिमिरे, निर्मला क्षत्री, जालपा देवी भूषाल र अर्घाखाँची जिल्लाबाट सि.डि.यो, सहायक सि.डि.यो लगायतका वरिष्ठ व्यक्तित्वको उपस्थित रहेको थियो।

पाणिनी तपोभूमि नेपालका अन्य पर्यटकीय गन्तव्यमध्ये १०० औं गन्तव्यमा परेको क्षेत्र हो। पहाडको अग्लो टापुमा ४ सय वर्ष पहिले पाकिस्तानबाट ऋषीमुनी पाणिनी नाम गरेका व्यक्ति अर्घाखाँचीको पणेना र पोखराथोकको बिच जंगलमा पाणिनी ३० वर्षसम्म्म विश्व शान्तिको कामना गर्दै तपस्ता गरेका थिए। उनको तपस्यासँगै विश्वको प्राचिन संस्कृत भाषाको व्याकरणको उत्पत्ति र रचना समेत गरेको धार्मिक तथा ऐतिहासिकग्रन्थमा उल्लेख छ। यसकै संरक्षण र प्रवद्धन विकासका लागि पर्यटन भित्राउन पाणिनी तपोभूमिमा हरेक वर्ष धार्मिक महोत्सव तथा महायज्ञ लगाइदै आइएको छ। उक्त ठाउँमा पाणिनी ऋषीले तपस्या गरी शिवद्धारा ज्ञान प्राप्त गरेको हुनाले १०८ फिट अग्लो शिवलिङ्ग निर्माण गरिएको छ।

पाणिनी ऋषीले अनकन्टार जंगलभित्र बसेर तपस्या गरेका थिए। अहिले त्यही जंगलको विचमा मन्दिरहरु निर्माण गरिएको छ र महायज्ञ पनि त्यही जंगलको बिचमा हुँदै आएको छ। शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको जस्तै ऐतिहासिक महत्व छ पाणिनी तपोभूमिको पनि। तर पाणिनी तपोभूमि घना जंगल र अग्लो पहाडको टापूभित्र हुँदा प्रचारप्रसार हुन सकेको छैन।

स्थानीय शिक्षक तथा महायज्ञ आयोजक उपसमिति सदस्य गेहेन्द्रप्रसाद भट्टराईले विश्वकै अनुपम पवित्रभूमिको धार्मिक, पर्यटकीय विकासका लागि स्थानीय तहदेखि नै केन्द्रीय स्तरसम्मको महत्वपूर्ण योगदान रहेको बताए। उनले भने, ‘केन्द्रीय स्तरसम्मको योगदानसँगै स्वःस्थानीय संरक्षणको नीति अनुरुप तन, मन र धनले यस क्षेत्रको विकासमा लगानी गरेमा राष्ट्रको आर्थिक मेरुदण्ड पर्यटन विकासको एक अद्धितीय गन्तव्यका रुपमा पाणिनी तपोभूमिले फड्को मार्ने छ।’ 

वैशाख ३० बाट सुरु भएको महायज्ञमा पाणिनी तपोभूमिको विकासका लागि सहयोगदाताले आफूले सक्दो सहयोग गरको पाणीनी तपोभूमि संरक्षक समितिका अध्यक्ष अच्युतराज गौतमले बताए। उनले भने, ‘पाणिनी तपोभूमि दहको विकासको लागि संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र जिल्ला समन्वय समितिको सहयोग रहेको छ, आज सम्पन्न महायज्ञमा निर्वाचन क्षेत्र विकास कोषको तर्फबाट पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले २० लाख रुपैयाँ प्रदान गर्नुभएको छ।’ उनले पाणिनी तपोभूमिको विकास गरी पर्यटकीय स्थलको रुपमा अझ बढी परिचित गराउन पाणिनी गाउँपालका समिति सदैव अग्रसर रहेको बताए।

अध्यक्ष गौतमका अनुसार महायज्ञ मेला हेर्न अर्घाखाँची, पाल्पा, गुल्मी, प्युठान, रुपन्देही, कपिलबस्तु लगायतका जिल्लाबाट भक्तजनहरुको उपस्थिति रहेको थियो। यो सँगै यज्ञमा पाणिनी गाउँपालिकाबाट करिब ६० र पाल्पा जिल्लाका २० विद्यालयका शिक्षक, विद्यार्थीको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.