कसलाई कुन मन्त्रालयको जिम्मेवारी?

|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छाया सरकार घोषणा गरेको छ । कांग्रेसले सोमबार एक विज्ञप्ति जारी गर्दै नेकपा नेतृत्वको सरकारलाई खबरदारी गर्न छाया सरकार घोषणा गरेको हो। 

कांग्रेसले निकालेको विज्ञप्तिमा सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा (५) (क) बमोजिमको छाया सरकारका रुपमा क्रियाशिल रहने गरी मन्त्रालयको जिम्मेवारी तोकेको जनाइएको छ । 

कांग्रेसले छाया सरकारको मन्त्रालय पनि बाँडफाँट गरेको छ । कांग्रेसले एउटै मन्त्रालयमा तीनजनालाई जिम्मेवारी दिएको छ। मन्त्रालयको संयोजकमा एकजनालाई जिम्मेवारी तोकेर अन्य दुईजनालाई सदस्यका रुपमा तोकिएको छ। 

को को बने मन्त्री 

कांग्रेसले ज्ञानेन्द्र बहादुर कार्कीलाई ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयको संयोजक तोकेको छ । डा. नारायण खड्काले परराष्ट्रमन्त्रालयको जिम्मेवारी पाएका छन् । 

डा. मिनेन्द्र रिजाललाई अर्थमन्त्रालयको जिम्मेवारी दिइएको छ। युवा नेता गगनकुमार थापालाई कांग्रेसले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयोजक तोकेको छ । गृह मन्त्रालयको संयोजकमा दिलेन्द्रप्रसाद बडूलाई तोकिएको छ । 

कुन मन्त्रालयको जिम्मा कसलाई ? 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.