|
प्रतीकात्मक तस्विर

बागलुङ : बाटो खन्ने क्रममा पहराबाट लडेर कालिगण्डकी कोरीडोरको बागलुङ–बलेवा खण्डमा एक मजदुरको मृत्यु भएको छ।

बागलुङ–बलेवा खण्डको दम्क, सिउडे भन्ने स्थानमा रहेको पहरामा प्वाल पार्ने क्रममा सोमबार दिउँसो पहराबाट लडेर गुल्मीको सत्यावती गाउँपालिका–३ का नाङ्गबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनी करिडोर बिस्तारका लागि पहरामा प्वाल पार्ने क्रममा पहराबाट लडेर ३० मिटर तल सडक पुगेका थिए। घटनालगत्तै नेपाली सेनाको टोलीले मगरलाई अञ्चल अस्पताल बागलुङ ल्याएको थियो। अस्पातलले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक झवेन्द्र बहादुर भट्टराईले जानकारी दिए। शव पोस्टमार्टमपछि धौलागिरी अञ्चल अस्पतालमा राखिएको छ। 

नेपाली सेनाको टोलीले आगामी असार मसान्तसम्ममा काम सक्नेगरी बागलुङ बलेवा खण्डको स्तरोन्नतिको काम गरिरहेको छ। कामका लागि सेनाले मजदुर परिचालन गरेको थियो। अप्ठेरो पहरामा 'बम ब्लास्ट' गरेर सडक बिस्तारको काम भइरहेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.