|

धनगढी : बझाङ जिल्लाको छबिस पाथिभेरा गाउँपालिका कार्यालयको मुल ढोकामा शंकास्पद वस्तु फेला परेको छ।

मंगलबार बिहान ९ बजेतिर कार्यालयको मूल ढोका अगाडि टाइम बम लेखिएको कागज टाँसिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ। शंकास्पद वस्तु बम हुनसक्ने अनुमान गरिएको छ।

‘शंकास्जद बस्तु फेला परेको जानकारी पाएपछि हामीले नेपाली सेनाको टोली पठाएको छौँ’ सहायक प्रमुख जिल्ला अधिकारी राम बहाद्रर शार्कीले भने, 'सेनाको टोली घटनास्थलमा पुगेपछि थप तथ्य हुन्छ।’

बझाङ सदरमुकामबाट नेपाली सेनाको टोली त्यस तर्फ गइसकेको उनले बताए। गाउँपालिकाको कार्यालय छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ५ मा पर्दछ। 

जिल्ला प्रहरी कार्यालय बझाङले पनि शंकास्जद वस्तु फेला परेको र बम भए नभएको पुष्टि हुन नकसकेको जनाएको छ। ‘सेना पुगिसकेको छ, त्यसपछि बम भए नभएको पुष्टि हुन्छ’ जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरिक्षक सूर्य केशीले बताए। उक्त वस्तु कसले राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.