ओखलढुंगा : ओखलढुंगामा वर्तमान सरकारकाविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) माओवादी निकट क्रान्तिकारी युवा लिगले विरोध प्रदर्शन गरेको छ। ओखलढुंगा सदरमुकाममा युवा लिगले ओखलढुंगा–सोलुखुम्बु संगठन समितिले संयुक्तरूपमा विरोध प्रदर्शन गरेको हो।
युवा लिगको प्रथम जिल्ला सम्मेलनको अवसर पारेर ओखलढुंगा सदरमुकामस्थित रमाइलोडाँडा, रामबजार, गणेशचोक लगायतका ठाउँमा र्यालीको आयोजना गरेर विरोध गरिएको थियो। र्यालीमा भ्रष्टाचार, बलात्कार, महँगीलगायतका विरुद्धमा नाराजुलुस गरिएको थियो।
र्यालीपश्चात् रामबजार र गणेशचोकमा गरिएको कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) माओवादीका ओखलढुंगा–सोलुखुम्बु संगठन समिति सेक्रेटरी रुद्र फुयालले कम्युनिष्ट र कम्युनिष्ट आन्दोलनको नाममा भ्रष्ट र दलालहरु सत्तामा पुगेको र ब्रम्ह्लुट भच्चाएको बताए।
उनले वर्तमान सरकारले समृद्ध नेपाल बनाउने सपना जनतालाई बाँडेर त्यसको सट्टा अन्याय अत्यचार, बलात्कार, भ्रष्टाचार उपहार दिएको बताए। दलाल र भ्रष्ट संसदीय व्यवस्थाविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) माओवादी निरन्तर संघर्षमा रहेको उनको भनाई थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।