|
File Photo

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-२ मा पौडी खेल्न गएका दुई जना बालकलाई खोलाले बगाएर मृत्यु भएको छ।

सोमबार स्थानीय बिदा मनाउन खोलामा पौडी खेल्न गएका महालक्ष्मी नगरपालिका २ का १२ वर्षीय गौरव लुँगेली मगर र महालक्ष्मी ३ का १४ वर्षीय अमिर मगरलाई स्थानीय लेगुवा खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ।

धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका-२ मा पर्ने लेगुवा खोलामा पौडी खेल्न गएका १२ जनामध्ये २ जनाको मृत्यु भएको हो। दिनभर रमाइलो गरेर बेलुकी पुनः पौडी खैल्न दहमा पसेका गौरव डुबेपछि साथीलाई बचाउन गएका अमिरलाई खोलाले बेपत्ता बनाएको थियो।

बेपत्ता भएका उनको शव दहभन्दा एक सय मिटर तल मंगलबार बिहान मात्र फेला परिएको महालक्ष्मी नगरपालिका २ का स्थानीय ध्रुव रायाले बताए। उनीहरू स्थानीय धर्मोदय माविमा अध्ययनरत थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.