|

बझाङ : जिल्लाको छविस पाथिभेरा गाउँपालिकाको मुल ढोकामा मंगलबार बिहान फेला परेको शंकास्पद वस्तु बम नभएको प्रहरीले पुष्टि गरेको छ। कार्यालयको मुलढोका अगाडि टाइम बम लेखिएर राखेको शंकास्पद वस्तुलाई मंगलबार दिउँसो नेपाली सेनाको टोलीले निश्क्रिय पारेको हो।

शंकास्पद वस्तु फेला परेको थाहा पाएपछि गाउँपालिका कर्मचारीले नेपाल प्रहरी र नेपाली सेनालाई खबर गरेका थिए। शंकास्पद वस्तु राखिएको थाहा पाएपछि सदरमुकाम चैनपुरबाट खटिएको नेपाल प्रहरी र नेपाली सेनाको टोली छबिस पाथिभेरा गाउँपालिका पुगेको थियो।

नेपाली सेनाको टोलिले उक्त शंकास्पद वस्तुलाई निश्क्रिय पारी टोली सदरमुकाम फर्किएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक सूर्य केसीले जानकारी दिए। 

टाइम बम लेखिएको कागज टासिएको शंकास्पद वस्तुमा बम बनाउने कच्चा पदार्थ नहालिएको तर तर्साउनका लागि बम जस्तै आकारमा तयार पारिएको जानकारी प्राप्त भएको छ। शंकास्पद वस्तु सेनाको टोलीले निश्क्रिय पारेपछि मंगलबार दिउसोदेखि गाउँपालिकाको कामकाज पुन: संचालनमा आएको छ। 


सम्बन्धित समाचार

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.