|

तनहुँ : तनहुँमा एक बेवारिसे शव फेला परेको छ। म्याग्दे गाउँपालिका–४ घुम्तीमा नाम, वतन नखुलेको पुरुषको शव फेला परेको हो। घुम्तीको खेतमा पानी लगिएको नहरबाट वेवारिसे शव भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। प्रहरीका अनुसार करिब ३५/४० वर्षीय पुरुषको शव मंगलबार साँझ खेतबाट निकालिएको छ।

‘उनको बारेमा केही पनि नखुलेकाले मारेर फालिएको हो वा मापसे गरेको अवस्थामा पानी परेर बढेको नालामा परेर मरेको भन्ने यकिन गर्न सकिएको छैन,’ जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले भने, ‘पानीमा फुलेको र सडेको अवस्थामा रहेको शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको छ, उनको पहिचानका लागि विभिन्न प्रहरी कार्यालयमार्फत सूचना गरिएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.