|

विराटनगर : नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकता गरी नेकपा गठन गर्ने सहमतिसँगै असन्तुष्ट बनेको गोपाल किराती नेतृत्वको नेकपा माओवादी केन्द्र पुनः विभाजित भएको छ।

२०७५ फागुनको महाधिवेशनबाट गोपाल किराती नेतृत्वको नेकपा माओवादी दक्षिणपन्थी संशोधनवाद तथा सुधारवाद र अन्ध जातिवादमा फसेको ठहरका साथ महाधिवेशन बहिष्कार गरी भूमेश्वर पराजुलीको अध्यक्षतामा नयाँ पार्टी पुनर्गठित नेकपा माओवादी केन्द्र गठन भएको थियो।

उक्त पार्टीको प्रदेश १ समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रदेशको संयोजकमा बद्री पासवानलाई १ नम्बर प्रदेशको संयोजक तोकेको छ भने प्रदेशको इन्चार्जमा पुरुषोत्तम अधिकारीलाई जिम्मेवारी दिएको छ।

विज्ञप्तिमा किराती नेतृत्वको नेकपा माओवादी केन्द्रले आफ्ना इन्चार्ज अधिकारी, स्थायी समिति सदस्य तथा पुनर्गठित नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष खगेन्द्र भण्डारीप्रति मण्डले शैलीमा भ्रामक कपोलकल्पित विज्ञप्ति जारी गरेको घटना प्रति पनि खेद व्यक्त गरेको छ।

किराती नेतृत्वको नेकपा माओवादी केन्द्रलाई राजनीतिक संस्कार देखाउन सेचत पनि गराएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.