विश्वकेशर मास्केको अध्यक्षतामा तदर्थ समिति

|

काठमाडौं : भ्रष्टाचारमा मुछिएपछि सरकारले नेपाल  रेडक्रस सोसाइटी केन्द्रीय कार्यसमितिलाई भंग गरिदिएको छ। परोपकारी संस्थाका अध्यक्ष सञ्‍जीव थापा नेतृत्वको समितिलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले भंग गरिदएको हो।

जिल्ला प्रशासले मंगलबारबाटै लागू हुने गरी वर्तमान कार्य समिति भंग गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए। ‘रेडक्रसमा धेरै आर्थिक अनियमिता गरेको उजुरी परेको थियो', उनले भने, 'अनुसन्धान गर्न सजिलोका लागि केन्द्रीय समिति भगं गरेर नयाँ तदर्थ समिति गठन गरेका छौँ।'

थापा नेतृत्वको रेडक्रमा भवन निर्माण तथा अन्य गतिविधिका क्रममा अर्बौँ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको छ। थापाको कार्यकालमा राहत सामग्री खरिददेखि गोदाम घर निर्माणसहितका पूर्वाधारको काम अघि बढाउँदै टेन्डर प्रक्रियामै गोलमाल भएको भन्दै विभिन्‍न निकायमा उजुरी परेको छ।

प्रशासनले थापा नेतृत्वको समिति भंग गर्दै प्रा.डा. विश्वकेशर मास्केको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति गठन गरको छ। समितिको महामन्त्रीमा कमलप्रसाद निरौला र कोषाध्यक्ष सीताराम कोइराला छन्।

सदस्यहरुमा दीपेन्द्र ढकाल, वीरबहादुर बस्नेत, लोकराज ढकाल, अशोक श्रेष्ठ, श्याम पोखरेल, दीपक मिश्र, गोवर्द्धन सम्झना र महेश्वरी राई छन्। अन्य सदस्यहरुमा खेमराज केसी, श्रीकृष्ण दाहाल, अरुण खनाल, तीर्थराज घिमिरे र जीवन राना लगायत छन्।

प्रशासनले तदर्थ समितिलाई एक वर्षभित्र महाधिवेशन गरिसक्नेसहितका आठ बुँदे कार्यदेश दिएको छ। १२ वर्षदेखि रेडक्रसमा अध्यक्ष रहेका थापासहितले करोडौँ भ्रष्टाचार गरेको आरोपसहित कयौँ उजुरी परेका छन्। 

रेडक्रसको अनियमितताबारे जिल्ला प्रशासन कार्यालय कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा गृह र परराष्ट्र मन्त्रालयमा पनि उजुरी परेका छन्। भ्रष्टाचारमा मुछिएको भन्दै थापा नेतृत्वको कार्यसमितिले बैशाख २३ देखि २५ सम्म धरानमा गर्न लागेको महाधिवेशन पनि प्रशासनले रोकिदिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.