|

उदयपुर : रौतामाई गाँउपालिका ७ मुर्कुची बजारमा रहेको थापा जडिबुटी प्रशोधन केन्द्रमा आगलागी हुँदा चार करोड रुपैयाँको क्षति भएको छ। बिहीबार साँझ बन्द प्रशोधन केन्द्रमा आगलागी हुँदा तेजपातलगायत जडीबुटी जलेको हो।

आगलागी स्थल पुगेका जिल्ला प्रहरी कार्यालय उदयपुर एसपी चन्द्रदेव राईले आगलागी भएको क्षतिको विवरण मूल्याङ्कन गर्न बाँकी भएको भन्दै अनुमानित चार करोड रुपैयाँबराबरको क्षति भएको जानकारी दिए। ‘आगो कसरी लाग्यो भन्ने कारण खुलेको छैन,’ उनले भने, ‘दमकल लगायत, प्रहरी र स्थानीयको सहयोमा आगो नियन्त्रण आएको छ।’

एसपी राईका अनुसार रहस्यमय तरिकाले आगलागी भएको छ। मुकुर्ची बजार छेउमै रहेको प्रशोधन केन्द्रमा विद्युत् थिएन। एसपी राईले भने, ‘बन्द प्रशोधन केन्द्रमा एक्कासी आगलागी भएको छ, रिसिइवीका कारण कसैले आगो लगाइदिएको शंका छ।’

मुकुर्चीका शिक्षक  टेकराज रिखाम मगरका अनुसार १५ दिन अघिदेखिबाट कसैको गोठ, कसैको सुँगुरको खोरमा आगो लाग्दै आएको छ। ‘विद्युत ‘सट’ भनौँ भने विद्युत् जडान भएको छैन’, उनले भने, ‘कामदारले लगाए भनौँ भने कोही छैनन्। बन्द गोदाममा आगलागी भएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.