|

हेटौंडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरीमा भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा अन्‍य दुईजना घाइते भएका छन्।

वीरगञ्‍जबाट काठमाडौंतर्फ जाँदै गरेको बा२०च ४२७९ नम्बरको बोलेरो डिआई जिप सडकबाट करिब १ सय मिटर तल खस्दा दुर्घटना भएको हो। 

दुर्घटनामा भारतको मोतीहारी जिल्ला बस्ने ४५ वर्षीय कनैया साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। घाइते हुनेमा भीमफेदी गाउँपालिका-५ का महेश भुलन(चालक) र भारतको बेतीया बस्ने २२ वर्षका कनैयाकुमार साह छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.