|

काठमाडाैं : बुद्ध एयरले सोमबारदेखि काठमाडाैं-कोलकत्ता सिधा उडान गर्ने भएको छ।

बुद्ध एयरले आइतबार पत्रकार सम्मेलन गरी उडानबारे जानकारी गराएको हो। पत्रकार सम्मेलनमा बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर वस्नेतले सोमबारदेखि काठमाडाैं-कोलकत्ता-काठमाडाैंको व्यावसायिक उडान गर्न लागिएको जानकारी गराए।

बुद्ध एयरले सातामा तीन दिन सोमबार, बुधबार र शुक्रबार काठमाडाैं-कोलकत्ता उडान गर्न लागेको हो। अन्तर्राष्ट्रिय उडानको अभ्यासको रूपमा सुरु गर्न लागिएको काठमाडाैं-कोलकत्ता उडान सफल भए अन्य स्थानका लागि अन्तर्राष्ट्रिय उडान सुरु गरिने प्रबन्ध निर्देशक बस्नेतले जानकारी दिए।

हरेक सोमबार, बुधबार र शुक्रबार बिहान ८ बजे काठमाडाैंबाट बुद्ध एयरको जहाज कोलकत्ताका लागि उड्ने छ भने बिहान साढे १० बजे कोलकत्ताबाट काठमाडाैंका लागि जहाज उड्ने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.