|

सिन्धुली : लुटपाटमा संलग्न ३ जनालाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले प्रक्राउ गरेको छ।

अमेरीकन डलर सस्तो दरमा साट्दिने भन्दै आइतबार लुटपाट गर्ने सोलुखुम्बुको दूधकौशिका गाउँपालिकाका ३३ वर्षीय सागर गहतराज, सिन्धुपाल्चोक बाह्रबिसेका ४० वर्षीय रामबहादुर तामाङ र सिन्धुपाल्चोककै ५४ वर्षीय जितबहादुर तामाङलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पक्राउ गरेको हो। 

प्रहरीले उनीहरूको साथबाट लुटपाट गरी लगेको नगद एक लाख पचास हजार नेपाली रुपैयाँ, छ थान मोबाइल, अमेरिकन डलर ५० को दरको १३ थान, २ को दरको १ थान, १ को दरको ४८५ थान बरामद गरेको छ। त्यस्तै बा. ८३ प.८८८४ र बा.९१ प.४२८५ नम्बरको मोटरसाइकल पनि बरामद गरेको प्रहरीले जनाएको छ।

उनीहरूले आफूहरूसँग २५ हजार अमेरिकन डलर रहेको र सस्तो मूल्यमा नेपाली रुपैँयासँग साट्दिने भन्दै सल्यान बागचौर नगरपालिका ९ घर भई हाल दाङ तुल्सिपुर उप महानगरपालिका ९ बेलुवा बस्ने सन्तोष डाँगी र डाँगीका साथी नबिन केसीको साथमा रहेको १३ हजार मूल्यको जे २ मोबाइल लुटपाट गरेपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए।

उनीहरूले सिन्धुलीको सुनकोशी गाउँपालिका ६ बरबोटेमा बोलाएर लुटपाट गरेको प्रहरी उपरीक्षक सिंहले बताए। उपरीक्षक सिंहका अनुसार उनीहरूले ज्यान मार्ने धम्की देखाएर डाँगीसँग रहेको एकलाख पचास हजार र डाँगीका साथी नबिन केसीको साथमा रहेको १३ हजार मूल्यको जे २ मोबाइल लुटपाट गरेका हुन्। 

उक्त घट्ना भएपछि पीडितले तत्काल प्रहरीलाई जानकारी गराएका थिए। प्रहरीले दुई घण्टामै लुटेरालाई पक्राउ गरेको प्रहरी उपरीक्षक सिंहको दावी छ।प्रहरीचौकी खनियाखर्क सिन्धुलीबाट खटिएको प्रहरी टोलीले कमलामाई नगरपालिका ३ कमेरे डाँडाबाट २ वटा मोटरसाइकलमा आएका ३ जनालाई पक्राउ गरेको हो। उक्त घट्नाको आवश्यक कारवाही तथा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.