|

काठमाडौं : नेकपा विप्लव समूहले आवह्वान गरेको नेपाल बन्दको क्रममा शंकास्पद गतिविधिमा संलग्न १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ परेका मध्ये काठमाडौं महानगरपालिका ३२ नरेफाँटबाट ७ जना, ललितपुर एकान्तकुनाबाट ४ जना, रुकुम पश्‍चिम आठबिसकोट ४ छेडीबगरबाट १ जना, झापाको बिर्तामोड नगरपालिका ६ बुट्टाबारीबाट १ जना र सुर्खेतको भेरीगंगा नगरपलिका  १२ रत्नराजमार्गबाट २ लाई प्रहरीले पक्राउ गरेको हो। यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

 विभिन्न ६ स्थानमा सवारी साधनमा आगजनी 

नेकपा विप्लव समूहले आवह्वान गरेको नेपाल बन्दअन्तर्गत सोमबार देशका विभिन्न ६ स्थानमा सवारी साधनमा आगजनी भएका छन्। जसमध्ये मकवानपुर हेटौंडा उपमहानगरपालिका २ मा ना ७ ख ९४९३ नम्बरको ट्रक र थाहा नगरपालिका १ मा ना ६ ख ८००७ नम्बरको ट्रक, सुर्खेत भेरीगंगा नगरपालिका ८ मा ना २ ख ७४४४ नम्बरको बसमा आगलागी भएका छन्। त्यसैगरी नवलपरासी (पूर्व) कावासोती नगरपालिका १६ मा बा ३ च ९३ नम्बर जिप, कालिकोट शुभकालिका गाउँपालिका १ मा भे ७ प ४७५७ र  भे ७ प ३५८ नम्बरको मोटरसाइकल र रामेछाप मन्थली नगरपालिका ६ मा ना ८ ख ३७७० नम्बरको टिपरमा आगजनी भएका छन्। 

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.