|

काठमाडौं :  बूढीगण्डकी आयोजनाको लागि सरकराले रकम विनीयोजन गरेको छ। यस आगामी आर्थिक वर्षको लागि १३ अर्ब ५६ करोड करोड विनीयोजन गरिएको हो। 

राष्ट्रिय गौरवको यो आयोजना कसले कसरी बनाउनेबारे अझै अन्योल छ। बूढीगण्डकी आयोजनाभित्र पर्ने गोरखा र धादिङका स्थानीयलाई मुआब्जा दिएर जग्गा अधिग्रहण गरिसकेको अवस्थामा काम छिटो थाल्न सरकारमाथि दबाब बढेको छ। राष्ट्रिय योजना आयोगका तत्कालिन उपाध्यक्ष डा. स्वर्णिम वाग्ले नेतृत्वको समितिले नेपाललले नै बनाउन सक्ने प्रतिवेदन बुझाएको थियो।

तत्कालिन शेरबहादुर देउवा सरकारले नेपाल सरकारको तर्फबाट आयोजना अघि बढाउने निर्णय लिएको थियो। तर देउवा सरकारको निर्णय उल्ट्याउँदै केपी ओली नेतृत्वको सरकारले चिनिया कम्पनीलाई दिने गरी परामर्श थालेको थियो। बूढीगण्डकी आयोजना निर्माणका लागि भन्दै उठाइएको पेट्रोलियम करबाट मात्रै सरकारको कोषमा २५ अर्ब रुपैयाँ जम्मा भइसकेको छ। बूढीगण्डकी आयोजना सवा २ खर्ब रुपैयाँमा निर्माण पुरा हुने प्राम्भिक अध्ययन प्रतिवेदनले देखाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.