|

काठमाडौं : वीरगन्ज-काठमाडौँ र रसुवागढी-काठमाडौं रेल २ वर्षभित्र अगाडि बढाइने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन्। बुधबार आगामी वर्षको बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन्। पूर्वपश्चिम विद्युतीय रेलवे लाइन निर्माण अघि बढाइने छ।

निजी क्षेत्रको सहयोगमा काठमाडौंसहितका सहरमा रेल मेट्रो तथा मोनोरेलका लागि ७ अर्ब ७० करोड छुट्याइएको अर्थमन्त्री खतिवडाले बताए।

राष्ट्रिय राजमार्ग र द्रुतमार्गको निश्चित दूरीमा विमास्थल निर्माण गरिने छ। काठमाडौँमा छिर्ने सवारीसाधन नाकामै स्वचालित प्रविधिबाट धोइने कार्यक्रम पनि अगाडि बढाइएको छ। राजमार्गमै आपतकालीन हवाई अवतरणको व्यवस्था मिलाइको उनले बताए।

रेल, सडकका लागि १ खर्ब ६३ अर्ब ५२ करोड रकम विनियोजन गरेको उनले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.