|

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले सांसदहरुलाई ६ करोड बजेट छुट्याएका छन्। सांसदलाई सीधै पैसा दिने कुराको विरोध भइरहेका बेला अर्थमन्त्री खतिवडाले पचास प्रतिशत बजेट बढाएका हुन्।

खतिवडाले बजेटमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम ५० प्रतिशत बढाएका हुन्। यो कार्यक्रम अन्तर्गत प्रतिनिधिसभाका सांसदले चार करोड रुपैयाँ पाइरहेका थिए। यो रकम अब ६ पुगेको छ।

सतारुढ दलका सांसदले नै बजेट बढाउन दबाब दिएका थिए। यो कार्यक्रमका लागि रकम बाँड्न ९ अर्ब ९० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.