|

काठमाडौँ : सरकारले आगामी आर्थिक वर्षको बजेटमा बिग मर्जरलाई जोड दिएको छ।  बैंक तथा वित्तीय संस्था गाभ्ने कार्यलाई सरकारले प्रोत्साहित गर्ने भएको हो। 

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन्। ‘ठुला बैंक मर्जरलाई प्रोत्साहित गरिनेछ। बिम कम्पनी पनि मर्जरमा लगिनेछ’, खतिवडाले भने, 

‘सबै नागरिकको बैंक खाता खोलिनेछ। सबै प्रकारको भुक्तानी बैंक खाताबाट गरिनेछ। दुर्गम क्षेत्रमा सहुलियतपूर्ण कर्जा कार्यक्रम चलाइने भएको छ। यस्तो कर्जा कार्यक्रमका लागि सरकारले ५ प्रतिशत व्याजमा ऋण दिने भएको छ। 

अहिले नेपालमा वाणिज्य बैंकरुको संख्या २८ छ। अर्थमन्त्री खतिवडाले यो संख्या घटाएर कम्तिमा १४ मा झार्न खोजिरहेका छन्। ठुला सरकारी बैंकलाई पनि मर्जरमा लगिने भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.