|

काठमाडौं : पूर्वअर्थमन्त्री शंकर कोइरालाले नेकपा सरकारले ल्याएको बजेटलाई राम्रो भनेका छन्। अर्थमन्त्री डा. युवराज खतिडाले संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटबारे प्रतिक्रिया दिँदै यस्तो भनेका हुन्। 

‘बजेट आकारका हिसाबले महत्वाकांक्षी छैन। विकास निर्माणमै केन्द्रित यो बजेट कार्यान्वयन गर्न योग्य छ’, उनले भने, ‘पूर्वाधार विकासमा केन्द्रित छ। खास गरी यातायातलाई ध्यान दिएको छ। ऊर्जा क्षेत्रको विकासमा केन्द्रित गरेको छ ।’ 

कोइरालाले कृषिलाई पनि केन्द्रित गरेको बजेटमा नयाँ कार्यक्रम नभएको बताए । ‘सरकारले  यसअघि बढाएकै कार्यक्रमलाई केन्द्रित गरेको छ’, उनले भने, ‘त्यसैले यो बजेट कार्यान्वयन हुन सक्छ।’

कोइरालाले कर्मचारी, किसान, वृद्ध नागरिक लक्षित वितरणमुखी बजेट आएको बताए । ‘बजेटको आकार धेरै नबढेको हुनाले धान्‍न सक्छ । कार्यान्वयन हुन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.