|

काठमाडौँं : उद्योगी तथा सांसद विनोद चौधरीले नेकपा सरकारले ल्याएको बजेटको कार्यान्वयन हेरेर मूल्याङ्कन गरिने बताएका छन्। 

अर्थमन्त्री डा. युवराज खतिडाले संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटबारे प्रतिक्रिया दिँदै चौधरीले यस्तो भनेका हुन्। 

विकास बजेट ४४ प्रतिशत भन्दा कम खर्च भएको बताउँदै चौधरीले साधारणखर्चको दुष्चक्रबाट देशलाई निकाल्नुपर्ने बताए । ‘देश साधरण खर्चको दुष्चक्रमा फसेको छ। त्यसबाट देशलाई ननिकाले समृद्ध राष्ट्र बनाउने कुरामा चुनौतीपूर्ण छ’, उनले भने, ‘हाम्रो तीब्र गतिको समृद्धिको आकांक्षा र राष्ट्र निर्माण अगाडि बढाउन चुनौतीपूर्ण छ।’

चौधरीले बजेटको सबै पक्षबारे छलफल र निदान खोजेर समस्याको समाधान निकाल्नुपर्ने बताए। उनले सबै बजेट राम्रा हुने प्रतिक्रिया दिए।

‘सबै बजेट राम्रा हुन्छन् । बजेटले तत्काल राष्ट्रले भोगेका समस्याको केही हदसम्म समाधान दिन सक्छ’, उनले भने, ‘हाम्रो चुनौती भनेको विकास योजनाको कार्यान्वयन र रोजगारी सिर्जना हुन्। आयातमुखी भन्दा उत्पादनमुखीमा जोड दिनुपर्ने हुन्छ ।’
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.