|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा सरकारले ल्याएको बजेटलाई वितरणमुखीको संज्ञा दिएका छन्। 

अर्थमन्त्री डा. युवराज खतिवडाले संसद बजेट प्रस्तुत गरेपछि प्रतिक्रिया दिँदै देउवाले यस्तो भनेका हुन्। ‘बजेट वितरणमुखी छ, खर्च गर्ने क्यापासिटी नै छैन। बजेटले झन् आर्थिक तनाव बढाउनेछ’, उनले भने,  ‘के के न गर्छु भन्छ क्षमता छैन । नयाँ कुरा यसमा केही पनि छैन।’

देउवाले वितरणमुखी बजेटले संघीयता कार्यान्वयनमा पनि कुनै सहयोग नगर्ने जिकिर गरे। ‘मैले अघि नै भनिसकेँ, कुनै पनि कुरा कार्यान्वयन गर्ने क्यापासिटी यो सरकारसँग छैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.