|

सोलुखुम्बु : तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको उपाधि पुरुषतर्फ सोलुखुम्बुका सुमन कुलुङ र महिला तर्फको उपाधि सुनमाया बुढाले जितेका छन्। अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा बुधबार आयोजित तेन्जिङ–हिलारी एभरेष्ट म्याराथन १७ औं संस्करणको उपाधि जित्नको लागि ४२ किलोमिटरको दूरी सुमनले ३ घण्टा ४७ मिनेट १६ सेकेण्डमा पूरा गरे भने महिलातर्फ सुनमाया बुढाले ५ घण्टा तीन मिनेट ४ सेकेण्डमा पूरा गरिन्।

पुरुषतर्फ कपिलदेव बुढा निर्धारित दूरी ३ घण्टा ५६ मिनेटमा पार गर्दै दोस्रो र रामकुमार राजभण्डारी ३ घण्टा ५८ मिनेटमा दुरी पार गर्दै तेस्रो भएका छन्। यस्तै, महिलातर्फ रोजिना भण्डारी ५ घण्टा २४ मिनेट १२ सेकेण्डमा दूरी पार गर्दै दास्रो र हुमी बुढा मगर ५ घण्टा २९ मिनेट १५ सेकेण्डमा पार गर्दै तेस्रो भएको नाम्चेबाट लामाकाजी शेर्पाले जानकारी दिए। 

सगरमाथाको आधार शिविरबाट सुरु भएको म्यारथन गोरक्सेप, लोवुचे, थुक्ला, फेरिचे, दिङवोचे, पाङवोचे, क्याङ्मा हुँदै नाम्चे बजारको चौरक्याम्पमा आएर सकिएको थियो।

महिला र पुरुष दुवै प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्वितीय हुनेले ३५ हजार र तृतीय हुनेले २५ हजार रुपैयाँ पुरस्कार हात पाएका छन् ।

यसैगरी, स्ट्रीम अल्ट्रा एभरेष्ट म्याराथनको उपाधि किरण कुलुङले जितेका छन्। उनले सगरमाथाको आधारशिविरबाट शुरु भएको ६० किलोमिटर दूरी ७ घण्टा १४ मिनेट १० सेकेण्डमा पूरा गरेर उपाधि जितेका हुन्।

यस्तै ७ घण्टा १४ मिनेट १५ सेकेण्डमा निर्धारित दुरी पूरा गरेर अर्जुन कुलुङ दोस्रो भए भने ७ घण्टा २७ मिनेट ४६ सेकेण्डमा निर्धारित दुरु पूरा गर्दै पूर्ण तामाङ तेश्रो भए। प्रतियोगितामा प्रथम हुनेले एक लाख, दोश्रो हुनेले ७५ हजार र तेश्रो हुनेले ५० हजार नगद पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.