|
File Photo

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले ल्याएको आर्थिक बर्ष २०७६/७७ को बजेट निरन्तरता र वितरणमुखी भएको प्रतिक्रिया दिएका छन्।

संघीय संसद भवन परिसरमा संचारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिदै उनले बजेटमा मुलुकको अर्थतन्त्रलाई गुणात्मक ढंगले परिर्वतन गर्ने संरचनात्मक सुधारको योजना नभएको टिप्पणी गरे। सरकारले रोजगारी श्रृजना गर्ने भनेर पनि सो अनुसारको परियोजनाहरु नभएको उनले बताए। उनले मुलुकको अर्थतन्त्रमाथि उकास्नका लागि उत्पादन बढाउने र रोजगारी बढाउने किसिकमा आयोजना नभएकाले बजेट निरन्तर र वितरणमुखी मात्रै भएको दाबी गरे। 

राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मण लाल कर्णले केन्द्रीय सोचमा बजेट आएको प्रतिक्रिया दिए। त्यसैगरी महन्थ ठाकुरले बजेट कार्यान्वयन हुनेमा शंका व्यक्त गरे। अर्का सांसद महिन्द्र राय यादवले बजेट परम्परावादी बजेटकै निरन्तरता भएको टिप्पणी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.