|
प्रतीकात्मक तस्बिर

प्युठान : भारी वर्षाले प्यूठानमा ठूलो क्षति पुर्‍याएको छ। बिहीबार दिउँसोको वर्षापछि आएको बाढीका कारण एक महिलाको मृत्यु भएको छ। त्यस्तै प्युठानका ग्रामीण सडक पनि अबरुद्ध भएका छन्।

झिमरुक नदीमा बाढी आउँदा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको हो। प्यूठान नगरपालिका ७ टिकुरीस्थित झिमरुक नदीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख निर्मल बुढाथोकीले जानकारी दिए। मृतक महिलाको पहिचान खुलेको छैन।

साथै प्यूठानका ग्रामीण सडक बाग्दुला मच्छी सडक, बाग्दुला बहाने, बाग्दुला फोप्ली लगायतका दर्जनौ सडक अवरुद्ध बनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.